नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारी गरिएको छ। महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनमा सोधपुछपछि झाँक्रीलाई रिहा तयारी गरिएको हो।
अपराध महाशाखा प्रमुख दीपक थापासहितले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गोरखासहित सार्वजनिक मञ्चमा दिएको अभिव्यक्तिलाई लिएर सोधपुछ गरिसकेपछि झाँक्रीलाई छाड्ने तयारीमा प्रहरी जुटेको हो।
राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पूर्जी थमाएपछि उनले गिरफ्तारी दिएकी थिइन्। झाँक्रीलाई हिरासतमा लिइएपछि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल-नेपाल समूह आक्रोशित भएको छ।
उनको गिरफ्तारीलाई लिएर नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणले पनि आक्रोश पोखिरहेका छन्। चौतर्फी दबाब परेपछि प्रहरीले झाँक्रीलाई सोधपुछ गरेर छाड्ने तयारी गरिरहेको महाशाखा स्रोतले जनाएको छ। आज रिहा नभए झाँक्री आइतबारसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।