रामकुमारी झाँक्रीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा रिट

नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको छ।

अधिवक्ता गुणराज आचार्यले रामकुमारीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै अदालतमा उपस्थित गराउन मागसहित सर्वोच्चमा रिट हालेका हुन्। 

नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकविपरीत प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरी हिरासतमा लिएको भन्दै अधिवक्ता गुणराज आचार्यले रिट दायर गरेका हुन्। सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार उक्त रिट दर्ता भइसकेको छ।

झाँक्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार मध्यान्ह उनकै शंखमुलस्थित निवासबाट रा राज्यविरुद्धको कसुर कसुर अन्तर्गतको दफा ५८ अनुसार पक्राउ गरेको थियो। 


 





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १७:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया