झाँक्री पक्राउको विरोधमा दाङमा प्रदर्शन

विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै अनेरास्ववियु दाङले बिहीबार घोराहीमा प्रदर्शन गरेको छ । सरकारले नेतृ झाँक्रीलाई विनाकारण पक्राउ गरेको भन्दै प्रदर्शन गरिएको हो ।

उक्त अवसरमा अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले सरकारका अराजक र प्रतिशोधको शैलीमा अघि बढेको आरोप लगाए । जसका कारण विनाकारण नै सरकारले नागरिकमाथि अङ्कुश लगाउन खोजिरहेको बताए ।

प्रदर्शनका क्रममा नेतृ झाँक्रीको रिहाइ माग मात्रै नभई बलात्कारपछि हत्या गरिएको बैतडीका भागरथी भट्टको न्यायको माग, प्रतिनिधिसभा पुनस्र्थापनालगायत माग गरिएको थियो । 
कार्यक्रममा युवा संघ नेपालका जिल्ला सदस्य अनिल शेरपाइलीलगायतले बोलेका थिए । 

घोराहीमा सहिदगेटदेखि सुरु भएको प्रदर्शन र्याली तुल्सीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको सहजीकरण अनेरास्ववियु दाङका संयोजक जंग रोकाले गरेका थिए ।  





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १९:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया