'ओलीले एके ४७ बाट दनक दिँदा दाहाल-नेपाल सडकमा पछारिए'

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीको एकै प्रहारबाट पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सडकमा पछारिन पुगेको बताएका छन्। बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको जनसभालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

दाहाल-नेपालले बिग्रिएको, खिया लागेको थ्री नट थ्री राइफलबाट प्रधानमन्त्री ओलीलाई जिस्काउँने प्रयास गरेको टिप्पणी पनि उनले गरे। 'बिग्रिएको थ्री नट थ्रीबाट दाहाल-नेपालले प्रधानमन्त्रीमाथि हान्न थालेका थिए, जिस्काइरहेका थिए', उनले भने, 'तर प्रधानमन्त्रीले एकै पटक अत्याधुनिक एके ४७, एके ५७ हतियारबाट दनक दिएर दाहाल-नेपाललाई सडकमा पछारिदिनुभएको छ।'

अहिले दाहाल-नेपाल सडक छाप हुन पुगेको पनि उनले टिप्पणी गरे। 'अहिले उहाँहरु (दाहाल-नेपाल) सडक छाप भएको भन्दै उनले कटाक्ष गरे। 'उहाँहरूसँग कुनै विकल्प छैन। तर प्रधानमन्त्री ओलीसँग अनेकौँ विकल्प छन्', उनले भने, 'उहाँहरु अब सडकमै बसेर रुनेबाहेक अर्को विकल्प छैन।'

सडक छाप भएका दाहाल-नेपालले ओलीलाई छाडेर मन्त्रीहरु फर्किन खोजेको भनेर अफवाह फैल्याइएको उनले टिप्पणी गरे। 'सडक छाप साथीहरुले मन्त्रीहरु फर्किन्छन् भन्दैछन्, तर हामी फर्किने होइन, उनीहरुका मान्छे यता आउँदैछन्', उनले भने, 'मन्त्रीहरु सडक छापहरूसँग जाँदैनन् बरु उताका यता आउँछन्। 

रायमाझीले तीन वर्षसम्म ओली सरकारमा बसेकाहरु अहिले त्यही घरमा आगो लगाएर हिँडेको बताए। 'तीन वर्षसम्म ओली सरकारमा बसेर केही मन्त्रीहरु  घरमा आगो लगाएर हिँडेका छन्', उनले भने, 'अब हामी उता होइन, उताका सडक छापसँग बसेकाहरु यता आउनुहुनेछ।'





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १५:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया