पछिल्लो २४ घण्टामा ५७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय जनाको पिसिआर परीक्षण भएकोमा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६१४  पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६८ हजार ९२९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १३३ जना कोरोना मुक्त भएका छन् ।

यसैगरी २४ घण्टामा एक जना संक्रमितको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या २ हजार ५४ रहेको छ । आज सक्रिय संक्रमितको संख्या १ हजार ६३१ रहेको छ ।





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १६:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया