एउटा एप जसले विश्वभर मोबाइल प्रयोगकर्तालाई दिइरहेको छ दुःख, तपाईंकोमा त छैन ?

सूचना तथा प्रविधिको विकास द्रूत गतिमा भइरहेको छ । हामीसँग पनि हिजोका भन्दा राम्रा मोबाइल फोन हातमा आइरहेका छन् । हामी कतिपयले त झन् नयाँ फोनहरुमा विभिन्न एप डाउनलोड गरिरहेका हुन्छौँ । 

त्यस्तै अहिले विश्वभर एउटा एपले दुःख दिइरहेको छ । यो एप हो, बारकोड स्क्यानर ।

यसमा भाइरस भएको थाहा पाएपछि गुगल प्ले स्टोरबाट यसलाई हटाइएको छ । तर, यो एप लामो समय देखि प्रयोगमा आएको थियो । १ करोडभन्दा धेरैले यसलाई डाउनलोड गरेका थिए । यसबाट धेरै प्रयोगकर्ताको डाटा चोरी भएको बताइएको छ ।

एपले नराम्रो काम गरेकाले यसलाई प्ले स्टोरबाट हटाइएको त छ, सँगसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रविधिका वेबसाइटहरुले यसलाई अनइन्स्टल गर्न अनुरोध पनि गरिरहेका छन् ।





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १९:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया