जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

जापानमा शनिवार शक्तिशाली भूकम्प गएको छ। पूर्वी समुद्री तटमा ७.१ म्याग्निच्यूडकाे भूकम्प गएको हाे। शक्तिशाली भूकम्पकाे कम्पन महसुस भए पनि अहिलेसम्म सुनामीकाे चेतावनी जारी गरिएको छैन।

एएफपी समाचार एजेन्सीका अनुसार अमेरिका र जापानी प्रशासनले सुनामीकाे चेतावनी जारी गरेका छैनन्।

अमेरिकी एजेन्सी युएसजीएसका अनुसार फुकुशिमा नजिकै प्रशान्त महासागरमा पृथ्वीकाे सतहबाट किलाेमिटर तल यसको केन्द्र रहेको छ।

सन् २०११ मा फुकुशिमामा आएकाे भयङ्कर भूकम्पका कारण सुनामी आएको थियाे। यस घटनामा १८ हजार भन्दा धेरै मानिस मारिएका थिए ।

जापानमा भूकम्प आएपछि शक्तिशाली कम्पनसहितको भिडियो मानिसहरूले सामाजिक सञ्जाल हालेपछि भाइरल भइरहेको छ।





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार २०:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया