विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त : सिइओ शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताएका छन् । विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भए पनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताएका हुन् । 

उनले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपुर्ण रहेको बताए । विद्युत्को माग तथा खपत बढाउनका लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा उनले जोड दिए । 

कार्यकारी निर्देशक शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेसन, ट्रान्समिसन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताए । 

उनले विद्युत् प्रसारण तथा वितरण र खपतलगायत समग्र समस्या समाधानका निम्ति छुट्टै ब्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । 





  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १८:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया