नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सनकको भरमा संसद भंग गर्न नपाइने बताए ।
प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको भरतपुरमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्चले ‘अदालत मिलाउन सम्भव छैन’ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् ।
अदालतलाई संविधान हेरेर निर्णय गर्न आग्रह गर्दै उनले भने, ‘मेरो अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस्, मेरो कुरा पनि नसुनोस्, प्रचण्ड र केपी ओलीको सभा पनि नहेरोस् । केबल संविधानमात्र हेरोस् ।’
प्रधानमन्त्रीले राष्ट्रपति मिलाएको जस्तो आफ्नो सनकलाई अदालतले पनि सदर गर्ने ठानेर मैले सबै मिलाएको छु भन्ने सन्देश दिएको थापाको आरोप थियो ।
थापाले भने, ‘अदालतले देखाइदेओस्, तपाईले राष्ट्रपति मिलाएको जस्तो नेपालको अदालत मिलाउन सम्भव छैन भनोस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।