सुर्खेतमा कार्यरत पत्रकारले लगाए कोरोनाविरुद्धको खोप

सुर्खेतमा कार्यरत पत्रकारहरूले पनि कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप अन्तर्गत मंगलबारबाट लगाउन सुरु गरिएको हो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाको समन्वयमा प्रदेश अस्पतालको फिस्टुला केन्द्रबाट खोप लगाइएको हो ।

पत्रकारहरूलाई मंगलबार र बुधबार गरी दुई दिनसम्म खोप लगाइने नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश शाखाले बताएको छ । सञ्चार गृहको परिचयपत्रका आधारमा खोप लगाइएको हो । दोस्रो चरण अन्तर्गत सुर्खेतसहित कर्णालीका अन्य विभिन्न जिल्लाका पत्रकारहरूले पनि विभिन्न चरणमा खोप लगाइरहेका छन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १४:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया