बैतडीमा कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण, एनपी साउदसहित ६ घाइते

बैतडी जिल्लामा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुढा गर्दा दोहोरो झडप भएको छ ।

नेकपा ओली समूहका अध्यक्ष सुरेन्द्र पाल नेतृत्वको समूहले आक्रमण गर्दा मञ्चमा रहेका कांग्रेस नेता एनपी साउदसहित ६ जना घाइते भएका छन्। 

जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो। कांग्रेसको आमसभामा नेकपा समर्थकले आक्रमण गरेपछि झडप भएको कांग्रेस डिलासैनी गाउँपालिकाले जनाएको छ । 

घटनास्थल तनावग्रस्त बनेको छ। अहिले पनि झडप जारी छ । घटनास्थलतमा प्रहरी टोली पुगिसकेकाे छ ।  

प्रहरी पुगेर सुरक्षा दिएपछि अहिले कार्यक्रम सुचारु भएकाे छ । विरोधसभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम छ ।





  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १७:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया