नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन् ।

मंगलबार सफलता एचआइभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि सुरु हुने बताएका हुन् । यसका निम्ति मन्त्रालयले तयारी गरिसकेको उनको भनाइ छ ।

त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए ।

आगामी दिनमा एचआइभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्नेसमेत मन्त्री श्रेष्ठले बताए । 

समाजमा चेतनाको कमीले एचआईभी संक्रमितहरुले अपहेलित र उपेक्षित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने उनले बताए । सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १८:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया