सरकारले विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा इन्जिनियर अनन्तराज घिमिरे नियुक्त गरेको छ । नेपाल सरकार, उर्जा मन्त्रालयअन्तर्गतको सो कम्पनीमा घिमिरेले ४ वर्षका लागि नियुक्ति पाएका हुन् ।
नेपाल टेलिकम, हिमालयन कलेज अफ इन्जिनियरिङ, थापाथली क्याम्पस, युनिभर्सल कलेजलगायतमा काम गरिसकेका घिमिरे मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन हुन् ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझीको पहलमा नियुक्त भएका घिमिरे प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन)का सचिवालय सदस्यसमेत हुन् । सो पदका लागि १४ जना प्रतिस्पर्धामा थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।