व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी


स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) २०६५ सालमा स्थापना भएको हो । यो संस्था शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा भाषा शिक्षासम्बन्धी निर्देशिका २०६८ ले ल्याएको प्रावधानले सबै व्यवसायीलाई नसमेटेकाले हामीले फेकनको स्थापना गरेका हौं । 

मन्त्रालयको कुनै एक संस्थाको सिफारिसमा मात्रै परामर्श व्यवसायी बन्न सक्ने प्रावधानलाई लिएर २०७१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि हामीले संस्था स्थापना गरेका हौँ । आज सम्पूर्ण शिक्षा क्षेत्रका स्वतन्त्र परामर्श व्यवसायी एकवद्ध भएर व्यवसाय गर्न पाउनुमा यो संस्थाको निकै ठूलो भूमिका रहेको छ । 

कोभिड महामारीले आक्रान्त पारेको हाम्रो व्यवसायका धेरै व्यवसायी ठूलै समस्यामा छन् । धेरै व्यवसायीले आफ्नो नियमित कार्यालय खोल्न सक्नु भएको छैन । यदपि, केही कक्षा भने सञ्चालन भएका छन् । केही देशका भिषा आवेदन सुरु भएको छ । त्यस्तै, केही मुलुकमा विद्यार्थीहरु पुनः जाने प्रक्रिया सुरु भएता पनि यो क्षेत्र पूर्ण रुपले खुला नभएको स्थितिमा व्यवसायीलाई ठूलो असर परेको छ । 

कोभिडकै कारण विदेश गएर उच्च शिक्षा लिन चाहने हाम्रा विद्यार्थी एक वर्षदेखि रोकिएका छन् । यसको असर विद्यार्थीमा समेत परेको हामीले महसुस गरेका छौं । 
यही फागुन ८ गते हुने संस्थाको १०औं साधारणसभा सम्पन्न हुन गएको निर्वाचनमा यस स्वतन्त्र परामर्श संघको अध्यक्षको उम्मेदवारी दिइरहँदा मुख्यतया चार वटा विषयलाई उठाउने तयारी गरेको छु ।

फेकनलाई चुस्त व्यवस्थापन गर्ने, सम्पूर्ण व्यवसायी साथीलाई छिटो भन्दा छिटो सेवा प्रदान गर्ने भन्ने मुख्य लक्ष्य छ । हामीमा भएको सूचना कसरी प्रदान गर्ने, उहाँहरूको गुनासो कसरी सम्बोधन गर्ने र उहाँहरूलाई परेका समस्याहरु कसरी छिटो भन्दा छिटो समाधान गर्ने भन्ने हाम्रो पहिलो लक्ष्य हुनेछ । 

त्यस्तै हाम्रो दोस्रो उद्देश्य भनेको यो क्षेत्रमा लागेका साथीको व्यवसाय प्रवद्र्धन गर्न आवश्यक व्यावसायिक कौशल विकास गर्ने र उहाँहरूलाई व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्याउने हो । यो कुरामा हाम्रो मुख्य जोड रहनेछ । 



त्यसैगरी, यो कोभिड माहामारीको समयमा हामीलाई सबैभन्दा बढी खड्किएको विषय के हो भने हाम्रो संस्थामा स्रोतको कमी छ । हाम्रो सबैभन्दा ठूलो जोड भनेको सम्पूर्ण व्यवसायी साथीलाई आपत परेको समयमा संस्थाले कसरी सहयोग गर्न सक्छ, त्यसका लागि हामीले एउटा कल्याणकारी कोषको स्थापना गर्न गइरहेका छौं ।

पहिले हामी एउटा सानो संस्था थियौं, त्योबाट अहिले अलि ठूलो संस्था भइरहँदा यसमा आएको धेरै कमी कमजोरी तथा समस्यालाई उजागर गर्दै आउने दिनमा त्यस्ता समस्या सम्बन्धित निकायमा राख्न र हामी जस्तै व्यवसायी साथीलाई समेट्नका लागि हाम्रो यो संगठनको विस्तार गर्नुपर्ने पनि देखिन्छ । 



मेरो उम्मेदवारीको एउटा लक्ष्य के पनि हो भने यो संस्थालाई आगामी दिनमा हाम्रो देशको सातैवटा प्रदेशमा प्रादेशिक संगठनको स्थापना गरेर यस संस्थालाई अझ बढी मजबुत बनाउने र बढी भन्दा बढी शैक्षिक परामर्श व्यवसायी साथीलाई समेट्ने हाम्रो जमर्को रहेको छ ।


  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १४:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया