मुलुकलाई राजनीतिक संकटबाट जोगाउन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गर्दै उपराष्ट्रपति पुनले संसद पुनर्स्थापना हुनुपर्ने बताए । 

नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले देशमा सरकारको पछिल्लो कदमपछि धेरै नागरिक आक्रोशित र निरास बनेको भन्दै नागरिकमा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो नभएको बताए । 

सरकारको कदमको विपक्षमा राजनीतिक दल, पत्रकार महासंघलगायतका नागरिक संस्थाले पनि विरोध गरेको भन्दै उनले सरकारले नागरिकलाई शान्ति, समृद्धि र विकास दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफ्नो गलत कदम सच्याउनुपर्ने बताए । 

उनले पत्रकारहरुले न्यूनतम पारिश्रमिक नपाएकोप्रति असन्तुष्टि पोख्दै न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताए । नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्न पनि उपराष्ट्रपतिले प्रेस जगतसँग आग्रह गरे ।





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १६:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया