अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालत जाँदैछन् । अदालतको अवहेलना मुद्दामा आफ्नो लिखित जवाफ लिएर ओली सर्वोच्च जान लागेका हुन् । 

राजनीतिक सभामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भट्टराईमाथि बाजे वकिल लगेर अदालतमा तमासा देखाएको भनेर टिप्पणी गरेका ओलीमाथि अवहेलनाका मुद्दा लागेको थियो । 

ओली विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले गत माघ १५ गते लिखित जवाफ आफैँ पेस गर्न आदेश दिएको थियो । 

अदालतको अवहेलना मुद्दामा न्यायाधीश शर्माको इजलासले प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानन्यायाधीशहरु मिन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशिला कार्कीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । 





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १०:४५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया