एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ। काठमाडौंमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा स्थापना हुन लागेको सो कम्पनीमार्फत नेपालमा कम्तीमा १० अर्ब रूपैयाँको लगानी भित्र्याउने तयारी रहेको संघले आज विज्ञप्ति जारी गरेर जनाएके छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब रूपैयाँभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संघले जनाएको छ।
संघका अध्यक्ष कुमार पन्त, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा. खगेन्द्र जिसी, चिरञ्जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।