रणनीतिक संयुक्त मोर्चाद्वारा बुटवलमा प्रदर्शन

सरकार र सदनभन्दा बाहिर रहेका चार कम्युनिस्ट घटक दलहरुद्वारा गठित रणनीतिक संयुक्त मोर्चाले आज बुटवलमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले सत्ता दुरुपयोग गर्दा मुलुकको स्वाधिनता र राष्ट्रियता कमजोर भएको भन्दै ओलीविरुद्ध मोर्चाले प्रर्दशन गरेको हो । 

प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव मोहन वैद्य (किरण)ले सत्ता दुरुपयोगका कारण मुलुकमा बाह्य तत्वको हस्तक्षेप हावी हुँदै गइरहेकाले मुलुकको राष्ट्रिय स्वाधिनता कमजोर बन्दै गइरहेको बताए । उनले भने, ‘मुलुकमा  बाह्यतत्व सल्बलाउँदा राष्ट्रियता कमजोर बन्दै गइरहेको छ ।’ 

कम्युनिस्ट एकतापछि मुलुकले समृद्धि र विकासको यात्रामा तय गरेको भन्ने भ्रम सरकारले जनतामाथि छरेको आरोप उनले लगाए । जसका कारण मुलुक अस्थिरतातर्फ लम्किँदै गइरहेको उनको भनाइ थियो । 

कार्यक्रममा वैत्रानिक समाजवादीका विश्वभक्त दुलाल आहुति, नेपाल कम्युनिस्ट पार्टीका ऋषि कट्टेललगायतले सम्बोधन गरेका थिए । विरोध र्यालीले बुटवलका राजमार्ग चौडाह ट्राफिक चोक हुँदै बजार परिक्रममा गरेको थियो । 





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार २०:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया