युरोपा लिग : सोसिडाडमाथि युनाइटेडको फराकिलो जित

युरोपा लिग फुटबलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई फराकिलो अन्तरले पराजित गरेको छ । अन्तिम ३२ को पहिलो लेगमा युनाइटेडले फराकिलो जित निकालेको हो ।

टुरिनको एलिनाज स्टेडियममा गएराति भएको खेलमा युनाइटेडले सोसिडाडलाई ४-० गोल अन्तरले पराजित गरेको छ । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई तथा मार्कस रासफोर्ड र डानिल जेम्सले एक एक गोल गरे ।

फर्नान्डेजले खेलको २७औँ र ५७औँ तथा रासफोर्डले ६५औँ र जेम्सले खेलको ९०औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाएका हुन् । अब युनाइटेडले घरेलु मैदानमा फेब्रुअरी २६ मा दोस्रो लेग खेल्नेछ । 





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार ७:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया