भारतबाट आइपुग्यो १० लाख डोज कोरोना खोप

सरकारले भारतबाट खरिद गरेको कोरोना खोपको १० लाख डोज नेपाल आइपुगेको छ । नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्स्फोर्डसँगको सहकार्यमा भारतमा उत्पादन गरेको कोभिशिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो । 

सोही २० लाख खोपमध्ये आइतबार दिउँसो १० लाख डोज खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता  डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

सहप्रवक्ता अधिकारीका अनुसार आइतबार एयर इन्डिया दिल्ली काठमाडौंको उडानमार्फत् खोप नेपाल आइपुगेको हो ।

उक्त खोप विमानस्थलबाट उक्त टेकुस्थित कोल्ड रुममा भण्डारण गर्ने र फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका देशभरका खोप केन्द्रहरुमा पुर्‍याउने तयारी गरिएको छ ।

यसअघि भारत सरकारले अनुदानमा १० लाख डोज कोरोना खोप दिएको थियो । उक्त खोप गत माघ ८ गते नेपाल आएको थियो ।  त्यसपछि माघ १४ गते बाट देशभर खोप अभियान सुरु गरिएको थियो । 





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १५:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया