अष्ट्रेलियन प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । यो सातादेखि अष्ट्रेलियामा खोप अभियान सुरु गरिएको हो ।

आइतबार मोरिसनले खोप लगाउँदा यसलाई त्यहाँको टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो । यसले गर्दा त्यहाँ भ्याक्सिन लगाउने विषयमा विश्वसनीयता बढ्न सक्ने अनुमान गरिएको छ । 

अष्ट्रेलियामा औपचारिक रुपमा खोप लगाउने काम सोमबार सुरु हुँदैछ । अर्को सातासम्म त्यहाँ ६० हजार डोज खोप लगाउने अनुमान गरिएको छ ।

अष्ट्रेलियाले ८५ वर्षका एक वृद्धलाई खोप लगाएर यो खोप अभियान सुरु गरेको हो । मार्चको पहिलो सातासम्म अष्ट्रेलियामा ४० लाख मानिसलाई खोप दिइसक्ने योजना बनाइएको छ ।





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १६:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया