देशभर ८० कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८० जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ३ हजार ३२५ जनाको पिसिआर परीक्षण भएकोमा ८० जनालाई संक्रमण पुष्टि भएको हो ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ४९ जना रहेका छन् । काठमाडौंमा ३६, भक्तपुरमा २ र ललितपुरमा ११ जनालाई संक्रमण पुष्टि भएको छ । 

अहिले सक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ जसमध्ये २ लाख ६९ हजार ८७६ निको भएका छन् ।

पछिल्लो ४८ घण्टामा कोरोना संक्रमणबाट कुनै पनि नेपालीकाे मृत्यु भएको छैन ।





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १६:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया