गगनको प्रश्न : केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?

नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टोले गुण्डाको व्यवहार नदेखाउन आग्रह गरेका छन् । आइतबार नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता सम्मानित भएर बस्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

‘प्रधानमन्त्रीले विराटनगरबाट अदालतलाई धम्क्याएको उल्लेख गर्दै थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’ सरकार चलाउन छाडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै नभएको थापाको टिप्पणी थियो । 

प्रतिनिधिसभा विघटनको मुद्दामा न्यायलयले विवेक पुर्याउनेमा विश्‍वास रहेको उल्लेख गर्दै थापाले भने, ‘श्रीमानहरु प्रधानमन्त्रीले चालेको कदम संवैधानिक छ कि छैन भनेर परीक्षण गरिरहनुभएको छ, आमजनताले न्यायाधीशहरुको विवेक र साहसको परीक्षण गरिरहेका छ्न् ।’

कम्युनिस्टबाट विकास र स्थायित्वको काम हुन नसक्ने दाबी गर्दै उनले गरिबीमा मात्रै कम्युनिस्टहरु उम्रिने र हुर्किने गरेको बताए । 





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार २०:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया