कोरोना कहर : अझै एक वर्ष लगाइरहनुपर्छ मास्क

विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड नाघेको छ। सोमबारसम्मको विवरण अनुसार विश्वभर संक्रमितको संख्या ११ करोड ९७ लाख २ हजार ९१९ पुगेको छ। हालसम्म ८ करोड ७२ लाख बिरामी निको भइसकेका छन्। अहिलेसम्म २४ लाख ७७ हजार मानिसले ज्यान गुमाएका छन्। 

यस्तोमा अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना टास्क फोर्सका एक सदस्यले अझै कम्तीमा एक वर्ष मास्क लाउनैपर्ने बताएका छन्। संक्रामक बिरामी वरिष्ठ डाक्टरसमेत रहेका एन्थोनी फौसीले देशवासीलाई सतर्क रहन अपिल गरेका हुन्। 

एक कार्यक्रमका क्रममा उनले भने, 'विश्वमा भएका जम्मा मृत्युमध्ये करिब आधा संख्या त हाम्रै देशमा छ। यो ऐतिहासिक विफलता हो। हामी यसलाई सम्झिनै चाहँदैनौँ। अझै हामीसँग समय छ। अब हामीले सतर्क भएर काम गर्नुपर्नेछ।'

उनले अमेरिकीहरुले अझै एक वर्ष मास्क लाउनुपर्ने बताए। 'मलाई लाग्छ अमेरिकीहरुले अझै एक वर्ष मास्क लगाउन जरुरी छ। भ्याक्सिन अभियान तीव्र गतिमा चलिरहेको छ। तर  सतर्कता नराखी हामीले उपलब्धि हासिल गर्न सक्दैनौँ।', उनले अगाडि भने। 

अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ लाख माथि पुगिसकेको छ। फौसी नै बाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार हुन्।  उनले डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा पनि यो पद सम्हालिसकेका थिए। 

फौसीले कोरोना भाइरसका नयाँ प्रजाति अझै आउने भएकाले ढुक्क हुन नसकिने बताएका छन्। 'अबको अवस्था भनेको कोरोना भाइरसका कति नयाँ प्रजाति आउँछन्? त्यसमा अवस्था निर्भर हुनेछ। यसका अलावा नयाँ प्रजाति कति खतरनाक हुन्छन्, त्यो पनि हामीले हेर्नुपर्ने हुन्छ।'



उनले अहिलेलाई अवस्था नियन्त्रणमा राख्न सकिएकोमा सन्तोष जनाए। 'हामी कोरोना नियन्त्रणमै काम गरिरहेका छौँ। मास्क एकमात्र यस्तो वस्तु हो, जसलाई नियमित लगाएर हामीले भविष्यको खतरा टार्न सक्छौँ।'


 



  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १३:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया