रामदेवको कोरोना औषधि सार्वजनिक गरेपछि भारतीय स्वास्थ्यमन्त्री समस्यामा

भारतीय चिकित्सक संघ (आइएमए) ले सोमबार भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनसँग रामदेवको कम्पनीले बताएको कोरोनाको औषधि भनिएको कोरोनिल सार्वजनिक गरेकोमा स्पष्टीकरण मागेको छ । 

सोमबार एक विज्ञप्ति निकाल्दै डा. हर्षवर्धनसँग स्पष्टिकरण मागिएको हो ।डा. वर्धनसँग आइएमएले विभिन्न प्रश्नहरु सोधेको छ ।

यसअघि शुक्रबार मात्र बाबा रामदेवको यो औषधीको सार्वजनिक कार्यक्रममा डा. हर्षवर्धन पुगेका थिए । त्यहाँ रामदेवले आफ्नो कम्पनीले बनाएको औषधी विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित खोजमा आधारित रहेको बताएका थिए । 

कोरोनाको औषधी भनेर कोरोनिल भनिएको औषधीलाई विश्व स्वास्थ्य संगठनले पनि स्वीकृति दिएको रामदेवले दाबी गरेका थिए । तर, स्वास्थ्य संगठनले यसको खण्डन गरेको थियो ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ९:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया