न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास छ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य रहेको बताएका छन् । 

मंगलबार विज्ञप्ति निकालेर कोइरालाले यो ऐतिहासिक फैसलाले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वोच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको बताएका छन् ।  

‘निरंकुश पञ्चायती शासन व्यवस्थामा पनि बिपी, गणेशमानले न्यायालयमाथि ठूलो आस्था र विश्वास गर्नुभयो,’ उनले भनेका छन्, ‘उहाँहरुमाथि लागेका झट्टा मुद्दा सम्मानित अदालतले खारेज गरेको इतिहास छ।’

आगामी दिनमा पनि देश र जनताको आस्थाको केन्द्रविन्दुको रुपमा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास लिएको कोइरालाले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार २१:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया