फेब्रुअरी २४ : विश्व क्रिकेटका दुई उत्कृष्ट खेलाडीले दोहोरो शतक प्रहार गरेको दिन

फेब्रुअरी २४ विश्व क्रिकेटका लागि विशेष दिन हो किनकि यही दिन विश्वका दुई उत्कृष्ट खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोहोरो अर्धशतक प्रहार गरेका थिए । ती खेलाडी हुन् भारतका सचिन तेन्दुल्कर र वेस्ट इन्डिजका क्रिस गेल ।

आजभन्दा ठिक ११ वर्षअघि अर्थात् सन् २०१० फेब्रुअरी २४ मा दिन विश्व क्रिकेटमा महान् खेलाडी सचिन तेन्दुल्करले पुरुष एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो दोहोरो शतक प्रहार गरेका थिए । उनले दक्षिण अफ्रिकाविरुद्ध १४७ बलमा २०० रन प्रहार गरेका हुन् ।

सचिनले पुरुष एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो दोहोरो शतक प्रहार गरेको पाँच वर्षपछि सन् २०१५ फेब्रुअरी २४ मा विश्व क्रिकेटका अर्का चर्चित खेलाडी क्रिस गेलले जिम्बाबेविरुद्ध दोहोरो शतक प्रहार गरे । यो खेलमा २१५ रनमा अविजित रहेका गेलले १४७ बलकै सामना गरेका थिए ।

पुरुष एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म आठ दोहोरो शतक प्रहार भएको छ । जसमा रोहित शर्माले ३, सचिन तेन्दुल्कर, वीरेन्द्र सहवाग, क्रिस गेल, मार्टिन गप्टिल र फकर जमानले समान १–१ दोहोरो शतक प्रहार गरेका छन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १४:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया