घरेलु फुटबल स्पेनिस ला लिगामा लयमा रहेको बार्सिलोनाले शानदार जित निकालेको छ । लियोनेल मेस्सीको २ गोलको मद्दतमा बार्सिलोनाले इल्चेको चुनौती ३-० गोल अन्तरले पन्छाएको छ ।
ला लिगामा उपाधि दाबेदार बार्सिलोनाले गएरातिको खेलमा इल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सालाई जित दिलाउन कप्तान मेस्सीले दुई गोल गरे ।
खेलको ४८औँ मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६८औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
खेलको ७३औँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए । जितसँगै बार्सिलोना २४ खेलमा ५० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
ला लिगामा बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ । यता, इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
FULL TIME! pic.twitter.com/fLgeg7tES5
— FC Barcelona (@FCBarcelona) February 24, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।