साइकल चढेर कलेज आउने विद्यार्थीलाई छात्रवृत्ति

सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक क्याम्पसले साइकल चढेर पढ्न आउने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । साइकलको प्रयोग बढाएर सडक दुर्घटना न्यूनीकरण तथा वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यका साथ वीरेन्द्रनगर–६ स्थित सिद्धपाइला क्याम्पसले यस्तो घोषणा गरेको हो । जस अन्तर्गत हरेक दिन साइकल चढेर क्याम्पस आउने विद्यार्थीले मासिक शुल्कमा २५ प्रतिशत छुट पाउनेछन् । 

क्याम्पसका विद्यार्थीबाटै वातावरणीय पर्यावरण तथा दुर्घटना न्यूनीकरण हुने अपेक्षासहित छात्रवृत्ति दिने घोषणा गरेको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले बताए । बिबिएस कार्यक्रम अन्तर्गत ४७० जना विद्यार्थी रहेको क्याम्पसमा हाल न्यून मात्रामा विद्यार्थीले साइकल लिएर आउने गरेका छन् । त्यसलाई बढाउनका लागि विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषण गरिएको क्याम्पस प्रमुख सुवेदीको भनाइ छ ।

‘म आफैं पनि साइक्लिङ गर्छु, यसलाई क्याम्पससँग जोडेर अघि बढाउन खोजेका छौँ,’ उनले भने, ‘आज भौगोलिक रूपमा टाढा रहेका विद्यार्थीहरू दैनिक अटो रिक्सामा एक सय रुपैयाँ खर्च गरिरहेका छन् । यदि साइकलको प्रयोग गरे भने दैनिक त्यो बचत हुन्छ । दुर्घटना न्यूनीकरण सँगै वातावरणीय प्रदूषण पनि कम हुन्छ ।’





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १६:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया