देशभर ११२ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११२ जनालाई कोरोना संक्रमण भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४४ जनाको पिसिआर परीक्षण भएकोमा ११२ जनालाई संक्रमण देखिएको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । 

सोही अवधिमा ५४ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार २७७ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७१ पुगेको छ । 

अहिले सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १८:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया