गेल २ वर्षपछि राष्ट्रिय टिममा

वेस्ट इन्डिजका बिस्पोटक ब्याट्सम्यान क्रिस गेल करिब २ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । उनलाई वेस्ट इन्डिज क्रिकेट बोर्डले श्रीलंका विरुद्धको टि–२० सिरिजका लागि टिममा बोलाएको हो । 

सन् २००६ मा न्युजिल्यान्डविरुद्ध टि–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका ४१ वर्षीय गेलले पछिल्लोपटक सन् २०१९ मा इङ्ल्यान्डविरुद्ध टि–२० खेलेका थिए । 

तिब्र गतिका बलर फिडेल एडवड्सले पनि करिब ९ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । सन् २००३ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका उनले पछिल्लोपटक सन् २०१२ मा श्रीलंकाविरुद्ध टि–२० खेलेका थिए ।

३ खेलको टि–२० सिरिजका लागि कायरन पोलार्डको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको छ । सिरिज अन्र्तगतको पहिलो खेल मार्च ३ मा हुनेछ ।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १२:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया