नेकपा आधिकारिक रुपमा एउटै छ, कुनै पक्षमा लाग्दैनौँ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपा अझै पनि आधिकारिक रुपमा एक भएको बताएका छन् । 

रेडियो मकवानपुरको वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले अहिले नेपाली कांग्रेस कुनै पनि पक्षमा नलागेको बताए। 

अहिलेको अवस्था महत्वपूर्ण र संवेदनशील रहेको भन्दै उनले कांग्रेसले कुनै पनि दलको पक्ष नलिने प्रस्ट पारे । अब संसदमा अवस्था कस्तो आउँछ सोही अनुसार कांग्रेस अघि बढ्ने कोइरालाको भनाइ छ । 

कार्यक्रममा नेकपा प्रचण्ड–माधव नेपाल समूहकी सांसद मुनु सिग्देलले आफूहरु नेपाली कांग्रेससँग मिलेर अघि बढ्ने बताइन्। देश संकटमा रहेको भन्दै उनले कांग्रेस र कम्युनिस्ट अझै पनि मिलेर अघि बढ्न सकिने बताइन् । कांग्रेस र कम्युनिस्ट मिलेर धेरै प्रभावकारी काम गर्न सकिने उनको भनाइ छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेस हिंसाको बाटोमा जान नचाहेकोले आन्दोलन नगरेको प्रस्ट पार्दै शान्ति र विधि–प्रक्रिया अनुसार अघि बढ्ने बताए। कानुनको उल्झनमा पारेर देशलाई थप अन्योलको अवस्थामा धकेल्ने प्रयास भइरहेको उनको आरोप छ । 





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १८:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया