नेकपाले छाडेको भाग खान कांग्रेस सरकारमा जाँदैन : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले सर्वोच्च अदालतको आदेशपछि देशको अवस्था फेरिएको तर नेकपाको तमासा भने नफेरिएको टिप्पणी गरेका छन् ।

सिन्धुलीको तीनपाटन गाउँपालिकाको चकमकेमा शनिबार आयोजित सभामा सम्बोधन गर्दै नेता थापाले सर्वोच्चले मोडबाट खसालिएको गाडी सडकमा ल्याएको, तर गन्तव्यमा पुर्याउन अझै बाँकी रहेको बताए । 

यो अवस्था पार लगाउन कांग्रेस जिम्मेवारीपूर्वक लाग्नुपर्ने उनको भनाइ छ । ओली उत्ताउलो बनेको र दाहाल–नेपाल आत्तिएको दाबी गर्दै उनले भने, ‘एकथरी नेकपालाई बढी लड्डु खाएर पखाला लागेको छ, अर्कोथरीलाई लड्डु खान पाएनौँ भन्ने चिन्ता छ, देशलाई निकास दिनुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।’

कांग्रेसलाई जनताले सरकारमा बस्ने म्यान्डेट नदिएको उल्लेख गर्दै थापाले प्रतिपक्षमा बसेको कांग्रेस प्रतिपक्षमै बस्ने र देशलाई निकास दिन सक्ने गरी मात्रै अगाडि बढ्ने बताए । 

‘हामी सरकारमा जाने हो, तर अहिले होइन, अब आउने चुनावमा सानदारका साथ जितेर जाने हो,’ नेता थापाले भने, ‘नेकपाले छाडेको भाग खान होइन ।’ आफैँले बहुमत ल्याएर सरकारमा जाने थापाको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार २०:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया