बार्सिलोनाले सेभियामाथि सहज जित निकालेको छ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्साले सहज जित निकालेको हो ।
गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गर्यो । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।
खेलको २९औँ मिनेटमा मेस्सीको पासमा डेम्बेलेले गोल गरे । १-० ले अगाडि रहेको अवस्थामा खेलको ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै क्याटलान टोलीलाई २-० को सहज जित दिलाए ।
सेभियामाथिको जितसँगै २५ खेलमा ५३ अंक जोडेको बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिड २ अंकले अघि रहेको छ । सेभिया ४८ अंक जोडेर लिगको चौथो स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।