सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरेका छन् ।
अदालतमा जवाफ पेस गरेलगत्तै प्रचण्ड अदालतबाट बाहिरिएका छन् । यसअघि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।
उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत पुगेका हुन् ।
सोही प्रकृतिको मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।