रघुजी पन्तले भने : बिरामी छु, प्रतिक्रिया दिने मुडमा छैन
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वलीको विषयमा गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

उक्त समूहको एउटा राजनीतिक कार्यक्रममा वक्ताका रुपमा पन्तले गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही महिला नेताहरु रहेको भन्दै विषय प्रवेश गरेका थिए । 

नेता पन्तले कोमल वलीले साडी सारेर पिँडुला देखाएपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको बताएका थिए । उनले पार्टीमा अन्य सिनियर नेताहरु भएपनि 'साडी उचालेर पोइल जान पाम' भन्नेले पद पाएको बताएका थिए । 

नेता पन्तको उक्त भनाइको अहिले सामाजिक सञ्जालमा खुलेर विरोध भइरहेको छ । पन्तमा राजनीतिक नैतिकता नै नरहेको टिप्पणी भइरहेको छ । 



यस विषयमा नेता पन्तको प्रतिक्रियाका लागि फरकधारले उनीसँग सम्पर्क गरेको छ । जसमा पन्तले आफू बिरामी भएको र बोल्न मुड नभएको बताएका छन् । 

नेता पन्तले आफू अलि बिरामी भएको भन्दै अहिले बोल्न नसक्ने प्रतिक्रिया दिएका छन् । पन्तले सन्चो पनि नभएको र आज आफू बोल्ने मुडमा नभएको भन्दै पछि कुरा गर्ने भनेका छन् । 



के भनेका थिए पन्तले?

  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १२:३८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया