के भयो अमिताभ बच्चनलाई ? यस्तो छ प्रतिक्रिया

बलिउड अभिनेता अमिताभ बच्चन बिरामी परेका छन् । उनले आफू बिरामी परेको खबर आफ्ना शुभचिन्तकलाई सामाजिक सञ्जालमार्फत दिएका छन् । 

सामाजिक सञ्जालमार्फत बच्चनले आफ्नो शल्यक्रिया गराउनुपर्ने पनि उल्लेख गरेका छन् । अमिताभले एक ब्लग लेख्दै आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, ‘स्वास्थ्य अवस्था... शल्यक्रिया... केही लेख्न सकिनँ ।’ अपूर्ण वाक्यको यो पोस्ट सार्वजनिक भएसँगै उनका प्रशंसकले स्वास्थ्य लाभको कामना गरेका छन् ।

बच्चनले आफ्नो शल्यक्रिया हुन लागेको अथवा भैसकेको कुरा भने खुलाएका छैनन् । ७८ वर्षीय अमिताभ यसअघि कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । 





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १०:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया