ओलीमा नैतिकताको खडेरी परेको छः भुसाल
फरकधार / १७ फागुन, २०७७
यो सामग्री सेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेता पम्फा भुसालले प्रधानमन्त्री ओलीकै कारण नेपालमा नैतिकताको राजनीति हराउँदै जान थालेको बताएकी छिन्। दाहाल–नेपाल समूहनिकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएकी हुन्।



उनले प्रधानमन्त्री ओलीमा नैतिकता नरहेको समेत बताइन्। केपी ओलीको कदमलाई सर्वोच्च अदालतले पराजित गरे पनि पदबाट राजीनामा नदिने हुंकार गरिरहेकाले उनमा नैतिकताको खडेरी परेको उनले बताइन्। 



एउटा संवैधानिक अंग सर्वोच्च अदालतले संविधानसम्मत निर्णय गरे पनि अर्को संवैधानिक निकाय निर्वाचन आयोगले विधिसम्मत निर्णय गर्न नसक्दा प्रश्न उठ्न पुगेको भुसालको भनाइ थियो।
 









  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १६:३४:१३,   अन्तिम अपडेट : फागुन १७, २०७७ साेमबार १७:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया