देशभर ७३ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७३ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ९६८ रहेको छ  । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ जसमध्ये २ लाख ७० हजार ४७१ निको भएका छन् । संक्रमित मृतकको संख्या २ हजार ७७७ पुगेको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १७:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया