ओलीलाई हटाउँछौं, दाहाल-नेपालसँग मिलेर सरकार बनाउँछौं : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन्। 

उनले बुधबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल-नेपाल समूहले दर्ता गर्ने जानकारी दिएका छन्। 

कोइरालाले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताएका छन्। 'नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन', उनले भने।

महामन्त्री कोइरालाले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने बताए। त्यसका लागि संसदमा अविश्वास प्रस्ताव दर्ता हुने जानकारी दिएका छन्। फरक प्रसङ्गमा महामन्त्री कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने बताए। अब मिति नसर्ने जिकिर उनले गरे।





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १३:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया