तेस्रो टि–२० मा अस्ट्रेलिया विजयी

न्युजिल्यान्ड–अस्ट्रेलिया ५ खेलको टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा पाहुना टोली अस्ट्रेलिया विजयी भएको छ । उसले बुधबार घरेलु टोली न्युजिल्यान्डमाथि  ६४ रनको सहज जित दर्ता गरेको हो ।

अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो ।  

उसका लागि मार्टिन गप्टिलले ४३ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । ८.४ ओभरमा एडम जाम्पाले एस्टोन अगरबाट क्याच गराउनुअघि उनले ले २८ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

डिभोन कोनवेले ३८, मार्क चेपमनले १८ रनको योगदान दिए ।



अस्ट्रेलियाका लागि एस्टोन अगरले ६, राइली मेरिडिथले २, एडम जाम्पा र केन रिचर्डसनले समान १–१ विकेट हात पारे ।

वेलिंग्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०८ रनको योगफल तयार पारेको थियो ।



अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र कप्तान आरोन फिंचले अर्धशतकीय पारी खेले । अठारौं ओभरको अन्तिम बलमा टिम साउदीले टिम सिफर्टबाट क्याच गराउनुअघि म्याक्सवेलले ३१ बलको सामना गर्दै ८ चौका र ५ छक्काको मद्दतमा ७० रन प्रहार गरे ।

१५.५ ओभरमा इस सोढीले काइल जिमसनबाट क्याच गराउनुअघि फिंचले ४४ बलमा ८ चौका र २ छक्काको मद्दतले ६९ रन बनाए । जोस फिलिपेले ४३ रनको योगदान दिए ।

न्युजिल्यान्डका लागि इस सोढीले २, टिम साउदी र ट्रेन्ट बोल्टले समान १–१ विकेट हात पारे । 

अस्ट्रेलियाको यो जितसँगै सिरिज २–१ को अवस्थामा पुगेको छ । न्युजिल्यान्डले पहिलो खेल ५३ र दोस्रो खेल ४ रनले आफ्नो पक्षमा पारेको थियो । चौथो खेल मार्च ५ मा साविककै मैदानमा हुनेछ ।

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १५:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया