नेतृत्व पाए सरकारमा जान्छौँ : डा. महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले कुनै पनि कम्युनिस्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताएका छन् ।

नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जलीसभामा सह–महामन्त्री महतले सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आएमा कांग्रेसले लिनुपर्ने तर्क गरे । 

कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसँग मिलेर सरकार बनाउनुपर्ने बताउँदै उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी पर्ख र हेरको नीतिमा छ । यद्यपि, धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौँ ।’ 

२३ गते संसदको बैठक छ । बैठकको प्रारम्भपछि कम्युनिस्ट पार्टीका दुईवटा घटक कसरी प्रस्तुत हुन्छन्, त्यसलाई हेरेर नेपाली कांग्रेसले आफ्नो रणनीति बनाउनुपर्ने उनको धारणा छ । अहिले नै हौसिएर फलानोसँग समीकरण गर्ने भन्यो भने त्यो अपरिपक्व हुने उनले बताए । 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २०:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया