नेपाल टेलिभिजनको महाप्रबन्धकका लागि आवेदन माग

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकका लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल टेलिभिजनको महाप्रबन्धक सिफारिस समितिको सचिवालय)ले सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो । 

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष मातहतमा रहेको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि हुने प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका व्यक्तिले आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

आवेदन दिनका लागि ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको तथा स्नातक तह उत्तीर्ण गरेको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ । 

कानून बमोजिम दर्ता भएको सञ्चार माध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको वा आम सञ्चार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको अथवा पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।  

आवेदन दिने व्यक्ति पत्रकार आचारसंहिता उल्लङ्घन अन्तर्गत सजाय नपाएको तथा प्रचलित नेपाल कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

माग भए अनुसारको योग्यता, अनुभव र उमेर समूह भएका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । 





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार ८:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया