कांग्रेस आफैँले अविश्वास प्रस्ताव ल्याउनुपर्छ, तत्काल सरकारमा जानुहुन्न : गगन थापा

नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस आफैँले अविश्वास प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।

थापाले नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार मलंगवामा आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेसले अर्काले ल्याएको अविश्वास प्रस्तावमा मद्दत गर्न नहुने बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थापाले कांग्रेसलाई सरकारमा बस्ने म्यान्डेड प्राप्त नभएकाले अहिलेका लागि प्रतिपक्षमै बस्नुपर्ने बताए । 

नेकपा विवादबारे निर्वाचन आयोगले निर्णय नदिएकोमा आक्रोश पोख्दै उनले ओलीले कम्प्युनिस्ट पार्टी फुटेको छैन, त्यसैले म नै बहुमतको प्रधानमन्त्री हुँ भन्दै लामो समय संसदलाई बन्धक बनाएर राख्ने अवस्था आएको बताए । आयोगले ओलीको स्वेच्छाचारी कदममा मद्दत पुर्याएको उनले आरोप लगाए । 

नेता थापाले आगामी भदौमा हुने पार्टीको महाधिवेशनमा लाखौँ युवालाई कांग्रेस पार्टीमा आकर्षित गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १७:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया