नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकार र विप्लव नेतृत्वको नेकपाबीचको वार्तालाई कांग्रेसले सकारात्मक रुपमा लिएको बताएका छन्।
नेपाल प्रेस युनियनले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ताबाट निस्कने सहमति त्यो बहुलवादमा आधारित, बहुदलीय प्रतिस्पर्धासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थाको परिधिभित्र रहनुपर्ने बताए ।
उनले भने, ‘यदि वार्ता, संवादबाट यो परिधिभन्दा बाहिर गएर सहमति भयो भने त्यो सहमति कांग्रेसका लागि मान्य हुँदैन ।’
प्रत्येक समस्याको समाधान वार्ता वा संवादबाट नै हल गर्नुपर्दछ भन्ने कांग्रेसको दृढ मान्यता रहेको उनले बताए । हत्या, हिंसा र आतङ्कको राजनीतिले मुलुक अगाडि बढ्न सक्दैन भन्ने विषयमा कांग्रेस प्रस्ट रहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।