न्युजिल्यान्ड–अस्ट्रेलिया टि–२० सिरिज रोमाञ्चक अवस्थामा

न्युजिल्यान्ड–अस्ट्रेलिया ५ खेलको टि–२० सिरिज अन्तर्गत चौथो खेलमा पाहुना टोली अस्ट्रेलिया विजयी भएको छ । उसले शुक्रबार घरेलु टोली न्युजिल्यान्डमाथि  ५० रनको सहज जित दर्ता गरेको हो ।

अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।  

उसका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । उसका लागि काइल जिमिसनले सर्वाधिक ३० रनको योगदान दिए । ट्रेन्ट बोल्ट ६ रनमा अविजित रहे । 

टिम सिफर्टले १९ र डिभोन कोनवेले १७ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका, केन रिचर्डसनले ३, ग्लेन म्याक्सबेल, एडम जाम्पा र एस्टोन अगर समान २–२ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

वेलिंग्टनमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो ।



अस्ट्रेलियाका कप्तान आरोन फिंचले अर्धशतकीय पारी खेले । उनले ५५ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा अविजित ७९ रन प्रहार गरे ।  

मार्कस स्टोनिसले १९ र ग्लेन म्याक्सवेलले १८ रनको योगदान दिए । 



न्युजिल्यान्डका लागि इस सोढीले ३, ट्रेन्ट बोल्टले समान २ र मिचेल स्यांटनरले १ विकेट हात पारे । 

अस्ट्रेलियाको यो जितसँगै सिरिज २–२ को रोमाञ्चक अवस्थामा पुगेको छ । न्युजिल्यान्डले पहिलो खेल ५३ र दोस्रो खेल ४ रनले आफ्नो पक्षमा पार्दा तेस्रो खेलमा अस्ट्रेलिया ६४ रनले विजयी भएको थियो ।  पाँचौं तथा अन्तिम खेल मार्च ७ मा साविककै मैदानमा हुनेछ ।

  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १५:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया