बरु जीवन गाडिन तयार, विदेशीसामु झुक्दैनौँ : विप्लव [सम्बोधनको पूर्ण पाठ]

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा समारोहलाई सम्बोधन गर्दै विप्लवले यसो भनेका हुन्।

‘कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन गाडिन तयार छ । तर झुक्दैनौँ’, विप्लवले भने। उनले नेपाली जनतालाई आत्मत्वको निर्णय गर्ने दिनुपर्ने बताए।

‘हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेता दल सवैलाई चुन्यौँ', उनले भने, 'हामी यहाँबाट आग्रह गर्न चाहन्छौँ कम्युनिस्टहरु युद्धको अन्त्य गर्छन्। जुन दिन कम्युनिष्ट विजयी हुन्छ, हतियारको पनि अन्त्य हुनेछ ।’

२०७७ फागुन २१ गते ३ बुँदे सहमति गर्दै भूमिगत राजनीतिबाट पहिलोपटक सार्वजनिक हुने क्रममा राष्ट्रिय सभामा नेत्रविक्रम चन्द विप्लवले गरेको सम्बोधनको पूर्णपाठ

यो एउटा नयाँ दिन । नेपाली राजनीति, नेपाली राजनीतिक आन्दोलनको एउटा नयाँ दिन हो । जो हाम्रो अगाडि उपस्थित छ । यसलाई सफल पार्नका निम्ति ३ बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्न र सहमति कायम गर्न सफल वार्ता टोलीका मित्रहरु र कमरेडहरुलाई  म हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु । सँगै यो पहल गर्ने हाम्रो पार्टी, नेपाल सरकार, यसका जिम्मेवार नेतृत्वगण र यसलाई सफलतातर्फ अग्रसर गराउनका लागि विभिन्न क्षेत्रबाट भूमिका पूरा गर्ने कानूनविद, मानवअधिकारकर्मी, पत्रकार बन्धुहरु, साहित्यकार, बुद्धिजीवी, कलाकार, सुरक्षा निकायका सेना, प्रहरीका मित्रहरु, विभिन्न क्षेत्रमा भूमिका पूरा गर्ने हाम्रा अन्य कम्युनिस्ट पार्टीका हाम्रा मित्रहरु, कमरेडहरु विभिन्न तरिकाले हामीसँग आबद्ध भएर नजिकबाट सुझाव दिने मित्रहरु सबैलाई म यो अवसरमा सम्मान गर्न चाहान्छु र धन्यवाद भन्न चाहन्छु । किनकि यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्रै कुरा होइन ।

यो सहमति केवल पार्टीको कुरा मात्रै होइन र केही नेताहरुको कुरा होइन । यो सहमतिको पछाडि हाम्रो त्योभित्र लुकेको एउटा महान आकाँक्षा छ । नेपाल देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने हाम्रो सपना योभित्र छ । यो भित्र देशमा दिगो शान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आकाँक्षा नेपालका युवाहरु भित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहना योभित्र रहेको छ । त्यसैले यसलाई पूरा गर्नका लागि जसरी हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त गर्यौं हामी खुसी छौं र हामी धन्यवाद दिन चाहन्छौँ । 



आदरणीय मित्रहरु, आज फेरि अर्को एउटा सन्दर्भको दिन पनि छ । अघि हाम्रो उद्‌घोषक राजन भट्टराई कमरेडले स्मरण पनि गराउनुभयो । एउटा अँध्यारो समयमा अँध्यारो परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानीको जंगलमा हाम्रा ५ जना अग्रजहरुले रगत दिएका थिए। उनीहरुले सहर्ष आफ्नो जीवनलाई नेपाली जनता र नेपाल देशका लागि समर्पण गरेका थिए । त्यो दिनसँग संयोग भनौं आज जुधेको छ । त्यसकारण आजको दिनमा जो सहिदहरुले एउटा निश्चल सपना देख्दै एउटा उत्कृष्ट आकाँक्षा राख्दै नयाँ भविष्यको निम्ति, नेपाली जनताको सुखद भविष्यका निम्ति आफ्नो जीवन दिनुभएको थियो ।

त्योसँग जोडिएको यो दिन । जसलाई हामीले सहिद सप्‍ताह भनेर मनाउने गरेका छौं । जनयुद्धमा बलिदान गर्ने दिलबहादुर रम्तेल फागुन १४ बाट र झापाको जंगलमा झुन्डिन, गोली खान तयार ५ जना अग्रजहरुको सहित जोडेर नेपाली सहिदहरु नेपालका परिवर्तनकारी सहिदहरुको स्मरणमा हामीले सहिद सप्‍ताह बनाउने गरेका छौं । संयोग भन्नुपर्छ आज हाम्रो त्यही दिन परेको छ । आज बिहानै अवसर पनि जुट्यो । र हामी एउटा गाउँमा बस्दै गर्दा हाम्री आमाले टीका लाइदिनुभयो । र उहाँले आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहना पूरा भइसकेका छैनन् ।



नेपालका जनताको चाहना पूरा भएका छैनन् । हामी दुखी, गरिखाने नेपालीको चाहना पूरा भएको छैन । त्यसैले तपाईंहरु त्यहाँ हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला भनेर भन्नुभयो । हामीलाई के अनुभूति भइरहेको छ कमरेडहरु भन्दा उहाँको कुरा सुन्दा हामीले भन्नुपर्ने । हामीभित्र एउटा भावना उर्लने गर्छ । कि हामी जुन उद्देश्य लिएर कम्युनिस्ट आन्दोलनमा सहभागी बन्यौँ । हाम्रा अग्रजहरू सहभागी बन्नुभयो । दु:ख नपाउने कम्युनिस्ट नेता छैन । मृत्युको नजिक नपुगेर फर्किएको नेता पनि छैन ।

सबैभन्दा कठिन समय, सबैभन्दा कठिन परिस्थितिहरु नझेलेको हामीसँग कोही पनि नेताहरु छैन । हामी यो परिवेशमा छौं । त्यसैले यो अवसरमा म सबै आदरणीय सहिदहरुलाई सम्मान गरौं । सहिद परिवारलाई विश्वास दिलाउ कि हामी जे सपना देखेर कम्युनिस्ट आन्दोलनमा लाग्यौं । हाम्रो जीवनलाई बलिदान गर्छौं तर सहिदको सपना मर्न दिँदैनौँ । हाम्रो एउटा त्यो प्रतिबद्धता छ । त्यो लिएर म यहाँहरुको बीचमा उभिएको छु ।

बेपत्ता योद्धाहरुको कुरा गर्नुस् । घाइतेहरुको कुरा गर्नुस् । या नेपाल परिवर्तनकारी आन्दोलनमा अहिलेसम्म अपांग भएर बसिरहेका हाम्रा योद्धाहरुको कुरा गर्नुस् । ती सबैलाई हामीले सम्झनुपर्छ र सम्मान गर्नुपर्छ । हामी उनीहरुको चाहनालाई पूरा गर्ने एउटा प्रतिबद्धता गर्नुपर्छ । 

अहिले पनि हाम्रा थुप्रै डेढ सयभन्दा बढी कमरेडहरु जेलमा हुनुहुन्छ । छुट्दै पनि आउनुभएको छ । कमरेड कञ्चन संयोगले छुटेर यहाँ आइपुग्नु भएको छ । उहाँलाई म यहीबाट स्वागत पनि गर्न चाहान्छु र हाम्रा धेरै साथीहरु छुट्नुहुनेछ र हामी फेरि मुक्त आकाशमा फेरि मिलन हुनेछौं । हामीलाई विश्वास छ । यो वातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।

मित्रहरु समाजमा चार थरि मान्छेहरु देखिन्छन् । एकथरि शोषक छन् र उत्पीडक छन् । एकथरि श्रमिक छन् उत्पीडित छन् । तर उनीहरु बोल्न सक्दैनन् । तेस्रो थरि मान्छेहरु अलिअलि गुनगुन त गर्छन् । गुनासो त राख्छन् तर उनीहरु उठ्न सक्दैनन् जाग्न सक्दैनन् । तर, हामी कम्युनिस्ट जतिबेला अन्याय हुन्छ । जतिबेला आफ्ना मान्यताहरुमा घात लागेको, हमला भएको महसुस हुन्छ । आफ्नो देशमाथि अतिक्रमण भएको वा कसैले हस्तक्षेप गरेको अनुभूति हुन्छ । अर्का नागरिकहरु छन् जो उनीहरु विद्रोह गर्छन् । हामी कम्युनिस्टहरु हाम्रा मान्यताहरु, हाम्रा आकांक्षाहरुमाथि हमला हुँदा, हाम्रो देशमाथि कसैले धावा बोल्दा, अलिकति गिद्दे दृष्टि लाउँदा हामी विद्रोह गर्छौं । हामी विद्रोह गर्ने मान्छेहरु हौं र हामी विद्रोह गर्दै अहिलेसम्म आएका छौं । तर कम्युनिस्टहरु विद्रोह मात्रै गर्दैनन् ।

जब परिस्थिति बदलिन्छ परिस्थिति बदलिएको स्थितिमा र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरु भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धा मात्रै होइनन् शान्तिका दूत पनि यो संसारमा कोही छ भने कम्युनिस्ट मात्रै छ । सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दीर्घकालीन ढंगले न्यायपूर्ण समाज स्थापित गर्ने विचार, दृष्टिकोण र आकाँक्षा कहीँ छ भने त्यो कम्युनिस्ट आन्दोलनसँग छ । त्यो हामीलाई विश्वास छ । त्यसैले त्यो आकाँक्षा सहित हामीले संघर्ष गरेका छौँ । र आजको परिवेश बदलिएपछि हामीले भनेका छौँ ३ बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिवद्ध छ ।ु यसलाई हामी पालना गर्छौं । यसलाई हामी दृढतापूर्वक भन्छौँ यहाँ कसैले पनि कहीँबाट पनि आशंका वा विभिन्न ढंगले उत्तेजनात्मक वा अर्को ढंगले कुतर्क गर्न जरुरी छैन । हामी प्रतिबद्ध छौँ । यसलाई हामी पालना गर्छौं । 

हामीलाई के लागेको छ भने नेपाली समाज रुपान्तरणको प्रकृयामा अगाडि बढिरहेको छ । लामो यो प्रकृयामा यहाँसम्म हामी आउँदाखेरी हामीले देखेका छौँ । सामाजिक रुपान्तरण, राज्यको रुपान्तरण र जीवनको रुपान्तरण पुगेको छैन । त्यसैले हामी कुराकानी गर्थ्यौँ पहिला पनि । एक प्रकारले कर्णालीतिर गीत गाइन्छ। तपाईंहरुले पनि सुन्नुभएको होला । यो कस्तो प्रेम भयो जुन र घामको जस्तो कहिले भेट नहुने भन्या जस्तो । जुन र घामको भेट हुँदैन भन्ने गीत देउडामा गाइन्छ । हामी त्यस्तै(त्यस्तै हुनथाल्या जस्तो मान्छेले अनुमान गर्थे । तर जुन र घामको पनि भेट हुन्छ । यो अगाडि पनि हाम्रो कुरा भएको थियो । हामीले इमान्दारीपूर्वक आफ्नो कुरा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्रीज्युसँग कुरा भएका थियौं । मैले राखेको थिएँ ।

तपाईहरुले नेतृत्व गर्नुस् । हामी कसैलाई पीडाएर होइन । कसैको भाग खोसेर होइन । कसैमाथि हमला गरेर होइन । हामी नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउन चाहान्छौँ । हामी बनाउँछौ । त्यो बनाउने नेतृत्व हामी गरौं । हाम्रो चाहना हाम्रो छलफल चलेको थियो । आज हामी त्यहाँ एउटा नयाँ परिवेशबाट । हामीले भन्यौं,  नेपाली समाजको रुपान्तरण हुँदै आएको छ । यो सही कुरा हो । २००७ सालदेखि आजसम्म खण्ड(खण्डमा नेपाली समाजको रुपान्तरण हुँदै आएको छ । तर त्यो पूर्ण भएको छैन । आज पनि नेपालका मजदुरहरुको स्थान कमजोर छ छैन ।

आज पनि किसानहरुको स्थिति बेहाल छ । आज पनि दलित, महिला, जनजाति, उत्पीडित,  मधेशी अथवा उत्पीडित समुदायहरू सन्तुष्ट छैनन् । हामी त्यो देख्छौँ । त्यो परिवेशमा जनताको प्रतिनिधि वा श्रमजीवी वर्गको प्रतिनिधि हुनुको हिसाबले जहाँ जहाँ हाम्रो असहमति रह्यो हामीले त्यहाँ दृढतापूर्वक राख्यौं । संविधान बन्दाखेरिको प्रकृयाको कुरा भन्नुस् वा नेपालमा व्याख्या गरिएको संसदीय व्यवस्था या पुँजीवादी बहुदलीय व्यवस्थाको जुन ढंगले व्याख्या भयो त्यसमा हामी सहमत भएनौँ । हामी अहिलेको सरकारसँगको कुरा होइन यो । हामी सिंगो नेपालको राजनीतिक रुपान्तरणको प्रकृयामा जे जति छलफल र बहसहरू भए त्यसमा हामी सहमत हुन सकेनौँ भएनौँ र हामीले आफ्नो तर्फबाट एउटा विद्रोह गर्यौं  । हामी अगाडि बढेकै हौं ।

हाम्रो अहिले पनि भनाइ छ नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेताहरु, सबै पार्टीहरू, सबै जनतालाई आफ्नो जीवनमाथि आफै हाबी भएको आफैं नेतृत्व गरिरहेको जस्तो अनुभूति भइरहेको छैन । अहिलेको भन्नुस् वा जहिलेको पनि । हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताका बीचमा छ । अहिले पनि छ । सायद तपाईंहरु सबैले बुझिसक्नुभएको छ । हामी त एकदम झुपडीभित्र बसेर आयौं । झुपडीमा पनि त्यो छ । महलमा पनि छ । सहरमा पनि छ गाउँमा पनि छ । मेरो विचारमा अन्तर्राष्ट्रियस्तरमा पनि छ । नेपालको युवा जहाँ जहाँ बेचिएको छ वा फालिएको छ सडकमा पुगेको छ वा मजदुरको रुपमा प्रयोग भएको छ । त्यहाँ पनि नेपालीको अनुभूति छ । एकचोटि फेरि देश फर्किएपछि फर्कनु नपरोस् भन्ने चाहना हामी त्यहाँ भेट्छौँ ।

यसको अर्थ हामी के पाउँछौँ भने एकचोटि जसरी हामी प्रयोग गर्दै आएका छौँ यो प्रयोग ठिकै होला । तर, नयाँ प्रयोग नेपाली इतिहासमा आवश्यक बन्न गएको छ । हामीले भनेका छौँ जनमत । छलफल हुने गरेको पनि छ । जनमत, सार्वभौमिक शक्ति सम्पन्न जनता । जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चाहन्छन् जनताले रु के तपाईंको यो दलाल पुँजीवादीहरुको चक्रमा सधैँ घुम्नुपर्ने हाम्रो नियति हो । के नेपाली जनताले कहिले पनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने रु  कहिलेकाहीँ राज्यले सरकारले चाल्न खोज्दा पनि नहुने परिस्थिति त बन्यो नि त । यो त हामीले छ्याङ्गै देखेका छौ नि । जनताले त सोच्ने कुरै छैन । सोच्न पाउने ठाउँ नै छैन । कसैले पनि नेपालका बारेमा नजिकबाट अपनत्व ठानेर निर्णय गर्छु भन्ने स्थिति जो नेपालमा बनेको छ यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटि त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ ।

हाम्रो अहिले पनि त्यो दृष्टिकोण छ । नेपाली जनताले त्यो पाउनुपर्छ । नेता, दल सबैलाई हामीले चुन्यौँ । आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यका बारेमा जनमत दिने फैसला दिने अधिकार जनताले पाउनुपर्छ । हामी यहाँबाट हार्दिकतापूर्वक हृदयदेखि सबैलाई आग्रह गर्न चाहान्छौँ हामी तयार छौँ । कम्युनिस्टहरु, मान्छेहरु भन्छन् युद्धको अन्त्य विश्वमा कसैले गर्छ भने कम्युनिस्टले मात्रै गर्छ । जुन दिन संसारमा कम्युनिस्ट विजय हुनेछ संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुनेछ । हाम्रो त्यो विश्वास हुनेछ । किनकि उत्पीडन, उत्पीडित र उत्पीडकहरुको अवस्था अन्त्य हुने बेला युद्धको कुनै पनि स्थान रहनेछैन । त्यसका लागि हाम्रो विश्वास यो छ कि हामीले एकचोटि नेपाली जनतामा त्यो आँट गर्नुपर्छ । यसो भनेर हामी उत्तरको तरिकाले जाउँ यसो होइन ।

एकचोटी गम्भीरतापूर्वक यो छलफल गर्नैपर्छ । घुम्दै घुम्दै रुम्जाटार पुर्‍याउने र रुम्जाटार पुराएर घोडामा चढ्ने जो खालको परिस्थिति जो खालको परिस्थिति नेपाली राजनीतिमा देखिन खोज्यो यसलाई हामी बदल्न एउटा अग्रगामी अग्रजहरू म भन्छु हामी सबैले सोच्ने । अहिले यै र त्यै यो पनि होइन तर हामी खुला हुनुपर्छ हामी खुला छौँ । हाम्रा पार्टी नेकपा सहकार्य हातेमालो गरेर अगाडि बढ्न हामी तयार छौँ । तर, हामी यही पनि भन्छौँ कसैले हामीलाई हस्तक्षेप गर्यो भने, कुनै विदेशीले हामीलाई हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ तर हामी झुक्ने सम्झौता गर्न सक्दैनौँ । हाम्रो यो प्रतिबद्धता छ । 

जुन अवसर आज हामीलाई प्राप्त भएको छ । यसलाई हामी सार्थक पारौँ नेपाली जनताको हितमा । नेपाल राष्ट्रको हितमा । उहाँहरुको स्वर्णिम भविष्यका निम्ति  सफल पारौँ । हामी अवश्य पनि सफल हुनेछौँ । हाम्रो पार्टीको तर्फबाट त्यसलाई पालना गर्ने कुरामा नेपाल सरकार, वार्ता टोली, हाम्रा अग्रजहरू, सबै मित्रहरूलाई सबै सबैलाई आस्वस्त पार्न चाहन्छु । 

  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १६:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया