मुलुकभर थपिए १२० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर १२०  जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४३ परीक्षण गर्दा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका  अनुसार २४ घण्टामा ८३ जना संक्रमित निको भएका छन् । 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यस्तै हालसम्म कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।

यस्तै निको हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ । संक्रमितमध्ये ३ हजार १० जनाको मृत्यु भएको छ भने ८३२ जना सक्रिय संक्रमित रहेका छन् । 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १६:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया