भारतमा एकैदिनमा थपिए १८ हजार कोरोना सङ्क्रमित

भारतमा एकै दिन कोरोना भाइरसबाट १८ हजारभन्दा संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ लाख ५१ हजार ९३५ जनाको परीक्षण गर्दा  १८ हजार ३२७ जना सङ्क्रमित भेटिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या १ करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल सङ्क्रमित मध्ये १ लाख ८० हजार ३०४ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परीक्षण गरिएको छ । 

भारतमा देशभरि अहिलेसम्म १ करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १४:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया