पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा मेरो संलग्नता छैन : आपूर्तिमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । शनिवार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न तथा घटाउन आफुले कहिल्यै पनि हस्तक्षेप नगरेको बताए । 

अन्य मुलुकको मूल्य कस्तो रहेको छ, अध्ययनको जरुरी रहेको उनको भनाइ छ । भारतमा मूल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पदार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘जनतालाई मूल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी बेहोरेको छ, त्यसको अध्ययन गर्न जरुरी छ । र, भोलि यसलाई अटोमेसनमा लैजाने भन्ने फेरि मूल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेसनको अर्थ हुँदैन । मैले कहीँ पनि त्यो हस्तक्षेप गरेको छैन । तपाईंको प्रक्रियामा मूल्यवृद्धि गर्नुस्, घटाउनुस्, सस्तोमा आउँछ । ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मूल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ ।’

मन्त्री भट्टले निर्माण नचाहने र ध्वंस चाहने, विनाश चाहाने प्रवृति आफूहरुभित्रै रहेको भन्दै त्यस्तो प्रवृत्तिको विरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले भने, ‘अहिले सरकारले गरेका काम त देखिइराछन् । हामीले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन् । विकास नचाहने, विनाश चाहने प्रवृत्ति पनि छ ।’

मन्त्री भट्टले आयल निगमलगायतका सरकारी कर्मचारीले सरकारविरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो आत्मअनुशासन हो कि होइन समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमी–कमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उनले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्नसमेत सुझाए । 





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १७:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया